सेवाग्राहीलाई बैंकबाटै नक्कली नोट

झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा शाखा कार्यालय रहेको सिद्धार्थ बैङ्कले बिर्तामोडका हेमन्त रिजाललाई बिहीबार एक हजार रुपैयाँको नक्कली नोट दिएको हो ।

दमकका रोशन श्रेष्ठले रिलायबल रेमिटमार्फत पठाएको १ लाख रुपैयाँ रिजालले सिद्धार्थ बैङ्कबाट निकालेका थिए । एक लाख रुपैयाँको बण्डलको पहिलो नोट नै नक्कली छ ।

सिद्धार्थबाट पैसा निकालेर रिजाल सानिमा बैङ्कमा जम्मा गर्न गएका थिए । बण्डलमा एक हजारको नोट नक्कली रहेको सानिमा बैङ्कका कर्मचारीले थाहा पाएका हुन् ।

सिद्धार्थले नक्कली नोट फिर्ता लिनै नमानेको रिजालले बताए । ‘बैङ्कबाट बाहिर गइसकेपछि नक्कली होस् कि सक्कली होस्, फिर्ता हुँदैन भने सिद्धार्थका कर्मचारीले,’ सिद्धार्थले दिएको नक्कली नोटसहित रिजालले भने, ‘उनीहरुले केही गर्दापनि नक्कलीको सट्टा सक्कली नोट दिन मानेनन् ।’

यसबारेमा जानकारी लिन बैङ्कको टेलिफोन नम्बर ०२३–५४५७६० मा सम्पर्क गर्दा ब्रान्च म्यानेजर कार्यालयमा नभएको पाइयो । आशिष नाम बताउने बैङ्कका अपरेशन इञ्चार्जले यस विषयमा केही पनि बोल्न चाहेनन् ।

यसबारेमा चासो राख्न थालेपछि बैङ्कले रिजाललाई साँझ कार्यालयमै बोलाएर नक्कली नोट फिर्ता लिएर सक्कली नोट दिएको थियो ।

About saharanews

Leave a Reply

Your email address will not be published. Required fields are marked *