निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमा बन्द हुने

बाँके, ६ मंसिर । नेपालमा हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि ३ दिन नेपाल–भारत सीमा बन्द हुने भएको छ ।

नेपालगन्जमा मंगलबार भएको नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारी सम्मिलित सीमा जिल्ला समन्वय समितिको बैठकले मंसिर १८ गते बेलुका ६ बजेदेखि मंसिर २१ गतेसम्म गरी ७२ घण्टा सीमा बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए ।

nepal india boarder meeting
बैठकले भारतीय पक्षले सीमावर्ती क्षेत्रमा हुने नगर परिषदको निर्वाचनका लागि नेपाली पक्षसँग सहयोगको अपिल गरेको थियो ।

बैठकमा सीमापार अन्य अपराधका बिषयमा समेत कुराकानी भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए ।

About saharanews

Check Also

चुनावी नारामा चीन–नेपाल–भारत जोड्ने तमोर करिडोर !

उत्तरी छिमेकी मुलुक चीनको सिमाना टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमिटरको राजमार्ग (तमोर करिडोर) निर्माणलाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *