मै हुँ भन्ने भारतलाई पाकिस्तानले धुलो चटायो कसरी ?

भारतलाई पछि पार्दै पाकिस्तान टेस्ट क्रिकेटको पहिलो नम्बरमा उक्लिएको छ। टेस्टमा इतिहास रच्दै पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको हो। शीर्ष स्थानमा रहेको भारतलाई सो स्थानमा कायम रहनका लागि ट्रिनिडाडमा वेष्ट इन्डिजसँगको खेल जित्नुपर्ने थियो । तर खराब मौसमका कारण खेल रद्ध भएपछि उसको स्थान पाकिस्तानले खोसेको हो ।

पछिल्लो समय भएका खेलमा पाकिस्तानले इंग्ल्याण्डसँगको टेस्ट श्रृँखलामा २–२ को बराबरी गर्यो । त्यसैगरी अस्ट्रेलिया श्रीलंकासँग ३–० ले पराजित हुँदै दोस्रो स्थानमा उक्लियो। भारत वेष्ट इन्डिजसँको खेलमामा २–० ले अघि रहँदै गएको हप्ता शीर्ष स्थानमा पुगेको थियो। तर, अन्तिम खेल रद्ध भएपछि भारत दोश्रोमा ओर्लिएको हो ।

हाल पाकिस्तान एक सय ११ अंकसहित शीर्ष स्थानमा छ । त्यसैगरी एक सय १० अंकसहित भारत दोश्रो र समान एक सय ८ अंक रहेका अस्ट्रेलिया र इंग्ल्याण्ड क्रमशः तेश्रो र चौथो स्थानमा छन्।

About saharanews

Leave a Reply

Your email address will not be published. Required fields are marked *