फेरि फोहरबाट मोहरको लोभ

खुसीको ताजा खबर प्राप्त भएको छ। चरम लोडसेडिङ झेलिरहेका काठमाण्डौबासि अब छिट्टै लाभान्वित बन्ने देखिएको छ । काठमाण्डौ महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने कार्यलाई तिव्रगति दिएको छ । काठमाण्डौ महानगरपालिकाले काठमाण्डौमा फोहोरबाट बिजुली निकाल्ने काम अन्तिम चरणमा पुर्याएको जनाएको छ । साथै अबको एक महिनामा बिजुली निकाल्ने काम पुराहुने समेत महानगरपालिकाको दाबि रहेको छ । तर यो सानो नमुना प्लान्ट भएकाले काठमाण्डौको सबै जैविक फोहोरलाई भने बिजुलीमा परिवर्तन गर्न नसकिने बताईएको छ ।

यसबाट बिजुली निकाल्नका लागि कुहिने खालको फोहोर मात्र प्रयोग गरिने बताईएको छ । काठमाण्डौको टेकु स्थित फोहोर स्टेसनमा जडान हुने मेसिनले फोहोरबाट पहिलो चरणमा बायो ग्यास उत्पादन सुरु गरेको छ । यहि ग्यास बाट प्राप्त हुने शक्तिले बिजुलीको जेनेरेटर अर्थाात टवाईनलाई चलाईने बताईएको छ । तर जेनेरेटर जडानको काम भने बाँकि रहेको महानगरका प्रमुख कार्यकारि रुद्रसिंह तामाङले बताउनुभयो ।

राजधानिमा दैनिक जम्माहुने फोहोर मध्ये झण्डै ६५ देखि ७० प्रतिशत कुहिने खालका फोहोर हुन्छन । फोहोरकालागि बार्षिक करोडौ खर्च गर्ने महानगरले यो परियोजना सफल भएपछि सबै जैबिक फोहोरबाट बिजुली निकाल्न फोहोर उपायोग गर्ने योजना बनाएको जनाएको छ । यो परियोजना बाट बिजुली निकाल्न सके सम्पुर्ण नेपाली लाभाम्बित बन्ने अधिकारिहरुले बताएकाछन ।

About saharanews

Leave a Reply

Your email address will not be published. Required fields are marked *