नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले एसिया कप खेल्ने गरे पक्का

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आइसीसी महिला विश्व कप २०१७ एसियाली छनोटमा उप बिजेता हुदै सनिबार एसिया कप खेल्ने पक्का गरेको छ। नेपाली टोलि पर्सि मात्र काठमाडौँ फर्किने तालिका छ। मिसन रोड डाउन हङकङमा नेपालले हिजो चीनलाई ४ वीकेटले पराजित गरेको हो।

एसियाली छनोटको अन्तिम खेलमा थाईल्याण्डले आयोजक हङकङलाइ ७ वीकेटले पराजित गरे पछि नेपाल महादेशीय छनोटमा उप बिजेता भएको हो। पाँच जित सहित १० अंक बनाएर शिर्ष स्थानमा रहेको थाईल्याण्डले बिश्व कपको ग्लोबल क्वालीफाई खेल्ने छ जुन डिसेम्बेर सन २०१६ कोलम्बोमा हुने छ।

६ बर्ष पछि आयोजना हुन लागेको एसिया कप क्रिकेट ट्वान्टी ट्वान्टीको थाई राजधानी बैककमा नभेम्बर २६ देखि डिसेम्बर ५ सम्म हुदैछ तेस्मा टेस्ट खेल्ने ४ देश पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश र आयोजक थाईल्याण्डले सिधै खेल्ने अवसर पाउने छन्। तेसैले बिश्व कपको एसियाली छनोटमा थाईल्याण्ड शिर्ष स्थानमा रहेपछि उप बिजेता भए पनि नेपालले एसिया कपको लागि छनोट भएको अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीका विकास अधिकृत अमिनुल स्नामले बताउनु भयो।

 

About saharanews

Leave a Reply

Your email address will not be published. Required fields are marked *