नायिका सुरविन चावलाले निर्देशकसँग रात विताउन भने पछि गरिन खुलासा

चलचित्र ‘हेट स्टोरी २ र पाच्र्ड’ जस्ता चलचित्रमा अभिनय गरिसकेकी बलिउड नायिका सुरविन चावलाको दाबी छ कि उनलाई निर्देशकसँग रात बिताउन भनिएको थियो । आफ्नो करिअरमा धेरै नै उतारचढाव आएको बताउँदै नायिकाले भनिन्-‘बलिउड चलचित्रमा त मलाई त्यस्तो कुनै अफर गरिएको छैन ।

तर, तमिल चलचित्र नगरीमा भने कास्टिङ काउचको शिकार हुनु परेको थियो । उनले भनिन्-‘मैले एक चलचित्रका लागि अडिशन दिएको थियो । म चलचित्रमा सेलेक्ट पनि भएँ । तर, निर्देशकले आफ्नो साथीको मार्फत मलाई उनीसँग रात बिताउनका लागि भनेका थिए ।’

तर आफूले अफर अस्विकार गरेको उनको भनाई छ । ‘हेट स्टोरी २’मा काम गरेपछि आफूलाई सेक्सी र बोल्ड भूमिकामा लागि अफर आएको यी नायिकाको भनाइ छ ।

About saharanews

Check Also

बर्दिवासको बारेमा बन्यो म्युजिक भिडियो

बर्दिवासको समग्र क्षेत्रलाई समेटेर स्थानिय गायक तथा सङ्गीतकार जिवनाथ पोखरेलले केही समय अघि मात्र रेकर्ड …

Leave a Reply

Your email address will not be published. Required fields are marked *