भान्सा सुधार अभियानकी कविताको उदाहरणीय काम

आज अक्षय तृतीयाको दिन, कुनै पनि काम गर्दा क्षय नहुने दिन, सत्ययुग सुरुभएको दिन, शिव पार्वतिको विवाह भएको दिन ।

हाम्रो पूर्विय सभ्यताका भान्साका संस्कृतीहरूको तथा विकृत समाजको जगेर्ना गर्न जरुरी ठानेर विगत् सात वर्षदेखि अक्षय तृतीयाको दिन कहिले व्यक्तिगत त कहिले सङ्घ संस्था मार्फत जौको सातु, मिठाको सर्वत नि:शुल्क रुपमा भान्सा सुधार अभियानकी अभियन्ता कविता दाहालले वितरण गर्दै आएकी छिन्।

आज मिति २०८१ साल बैशाख २८ गते अक्षय तृतीयाको दिन बर्दिवास स्थित आफ्नै निवास दिव्य भवनको प्राङ्गणमा जौको सातु र स्वस्थ पानीमा मिठाको सर्वत बनाइ दाहालले नि:शुल्क रुपमा वितरण गरेकी छिन् ।

आज झन्डै बिहान ७ बजेदेखि बेलुकाको ७ बजेसम्म विभिन्न सङ्घ संस्थाका कर्मचारी तथा सर्वसाधारणले झन्डै पाँच सयको हाराहारीमा उक्त स्थानबाट प्रसाद ग्रहण गरेका थिए ।

विकृत समाजलाई चिर्न आफ्नो संस्कृतिलाई पालन गर्नु पर्ने भएर पनि यस्तो कर्म गरेको कविताको भनाई छ ।

नि:शुल्क रुपमा यतिराम्रो काम गरेकोमा बर्दिवास निवासी कवियत्री, गीतकार, समाजसेवी तथा भान्सा सुधार अभियानकी अध्यक्ष कविता दाहाललाई साहारा न्युज परिवारको तर्फबाट धेरै धेरै शुभकामना आगामी दिनको लागि पनि ।

 

About Diamond Joshi

डायमण्ड जोशी सर्वाधिक लोकप्रिय लेखक तथा सञ्चारकर्मी हुन् । १४ वर्षको उमेर देखि पत्रकारीता सुरुवात गरेका उनको बौद्धिकता हिन्दु धर्मका सर्वोच्च धर्मगुरु चारमठ मध्ये ज्योतिर्मठका शङ्कराचार्यबाट प्रशंसित छ । जोशीको 'पौरस्त्य वाङ्मयको कठोर यात्रा' भन्ने एउटा पुस्तक पनि प्रकाशित छ ।

Check Also

आज महान चाड बडा दशैँ को पहिलो दिन

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं बिहीवारदेखि सुरु हुँदै छ …