जीवन जीवन्तकृत ‘चरैवेति’ उपन्यास विमोचन

उपप्राध्यापक जीवन जीवन्तको ‘चरैवेति’ उपन्यास भर्खरैमात्र सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, भुवनहरि सिग्देल, डा. अशोक थापा र उपप्राध्यापक सुमन वर्षाले सामुहिक रुपमा चरैवेतिको लोकार्पण गरेका थिए ।

साहित्यकार नयनराज पाण्डेले उपन्यास ‘चरैवेति’ ले नौलो विषयको उठान गर्दै धर्म परिवर्तनको वातावरणलाई समालोचनात्मक ढङ्गले पस्केको बताएका थिए । उनले धर्मको विश्लेषणात्मक निन्दा तथा प्रशंसा गर्न व्यक्तिमा निकै हिम्मतको खाँचो हुन्छ भन्दै पुस्तकमा लेखक जीवन जीवन्तले आफ्ना हजुरबुवाले पनि धर्म परिवर्तन गरेको अवस्था र पारिवारिक वातावरण उल्लेख गरेको बताए ।

डा. अशोक थापाले पुस्तकमा मानिसको जीवनमा जुनसुकै आवश्यकता, समस्यालगायतले बाधा अड्चन दिए पनि निरन्तर अगाडि बढ्न प्रेरित गरेको बताएका थिए । उपप्राध्यापक सुमन वर्षाले ‘चरैवेति’ का पात्रको हुलिया, परिचयबारे कतै उल्लेख नहुँदा पाठकले उपन्यासका पात्रबारे साक्षात्कार गर्न नपाएको समेत जानकारी गराएका थिए ।

 

 

About Diamond Joshi

डायमण्ड जोशी सर्वाधिक लोकप्रिय लेखक तथा सञ्चारकर्मी हुन् । १४ वर्षको उमेर देखि पत्रकारीता सुरुवात गरेका उनको बौद्धिकता हिन्दु धर्मका सर्वोच्च धर्मगुरु चारमठ मध्ये ज्योतिर्मठका शङ्कराचार्यबाट प्रशंसित छ । जोशीको 'पौरस्त्य वाङ्मयको कठोर यात्रा' भन्ने एउटा पुस्तक पनि प्रकाशित छ ।

Check Also

बोके दारीको नयाँ गीत सबैको रोजाइमा पर्दै

ए बा किन्देउ न भट्भटे’, ‘मुखमा हान्नुजस्तो’, ‘सुन हे साथी मेरो कहानी’ लगायत दर्जनौं – …