बर्दिवासको बारेमा बन्यो म्युजिक भिडियो

बर्दिवासको समग्र क्षेत्रलाई समेटेर स्थानिय गायक तथा सङ्गीतकार जिवनाथ पोखरेलले केही समय अघि मात्र रेकर्ड गरेका ‘बर्दिवास हाम्रो हो, हामी सबैको’ गीतको भिडियोको छायांकन भर्खरैमात्र सम्पन्न गरेका छन् । उक्त भिडियोमा बर्दिवासको कला, संस्कृति, रहनसहन, रितिरिवाज लगाएतका कुराहरू समावेश गरिनुका साथै हरेक नगरवासीको वास्तविकतालाई चित्रण गरिएको छ ।

‘बर्दिवास हाम्रो हो, हामी सबैको’ गीतमा जिवनाथ पोखरेलको शब्द, सङ्गीत र स्वर रहेको छ भने पोखरेललाई स्वरमा गायिका रिता केसीले साथ दिएकी छिन् ।

उक्त गीतको म्युजिक भिडिको सम्पादनको काम अन्तिम चरणमा रहेकोले अबको केही दिन भित्र ओमकार टेलिभिजन मार्फत सार्वजनिक हुनेछ । गीतलाई असी वर्ष नागेका जेष्ठ नागरिकहरू तथा नगर प्रमुखको हातबाट विमोचन गरिने कुरा गायक पोखरेलले साहारा न्युज डटकम अनलाइनलाई जानकारी गराए ।


यसै गीतमा सानो अभिनय समेत गरेका गायक तथा सङ्गीतकार पूर्ण परियारले गीत उत्कृष्ट बनेको जानकारी गराए ।

About Diamond Joshi

डायमण्ड जोशी सर्वाधिक लोकप्रिय लेखक तथा सञ्चारकर्मी हुन् । १४ वर्षको उमेर देखि पत्रकारीता सुरुवात गरेका उनको बौद्धिकता हिन्दु धर्मका सर्वोच्च धर्मगुरु चारमठ मध्ये ज्योतिर्मठका शङ्कराचार्यबाट प्रशंसित छ । जोशीको 'पौरस्त्य वाङ्मयको कठोर यात्रा' भन्ने एउटा पुस्तक पनि प्रकाशित छ ।

Check Also

बोके दारीको नयाँ गीत सबैको रोजाइमा पर्दै

ए बा किन्देउ न भट्भटे’, ‘मुखमा हान्नुजस्तो’, ‘सुन हे साथी मेरो कहानी’ लगायत दर्जनौं – …