बोके दारीको नयाँ गीत सबैको रोजाइमा पर्दै

ए बा किन्देउ न भट्भटे’, ‘मुखमा हान्नुजस्तो’, ‘सुन हे साथी मेरो कहानी’ लगायत दर्जनौं – हास्यगीत गाएर लोकप्रिय भएका हास्यव्यङ्ग्य गायक श्रीकृष्ण लुईंटेललाई नामभन्दा पनि बोकेदाह्री उपनामले धेरै दर्शक श्रोताले चिन्ने गरेका छन् ।

लामो समयदेखि हास्य रसमा सन्देशमूलक गीतहरू निरन्तर रुपमा बजारमा ल्याइरहने गायक श्रीकृष्णले भर्खरैमात्र ‘गाह्रो छ हौ मलाई’ हास्यव्यङ्ग्य गीत सार्वजनिक गरेका छन् ।

गीतमा युवाजमात जति विदेशमा, गाउँघरमा वृद्धा र बालबालिका मात्र हुँदा मर्दा पर्दा आइपर्ने आपतको समस्या समाधानमा स्वदेशमा रहेका युवाले निभाउनुपर्ने जिम्मेवारीलाई प्रस्तुत गरिएको छ ।

गीतमा गायक श्रीकृष्ण लुइँटेललाई गायिका मनिषा पोखरेलले गायनमा साथ दिएकी छिन् । गायक लुइँटेलकै शब्द संगीत रहेको गीतको भिडियोलाई मिलन सुवेदीले निर्देशन रहेको छन् ।

उक्त गीतको भिडियोमा श्रीकृष्ण लुईँटेल, मिलन सुवेदी, अनिषा न्यौपाने, कृष्ण सुवेदी, मनोज पोखरेल, तीर्थ पोखरेल, गोपाल दर्जी, जमुना भडारी सञ्जेल, रेणु गौतम, शुभद्रा थापा, निर्मला आस्नेत, प्रमिला थापा, कोपिला खड्का, अम्बिका भण्डारी, देवराज सुवेदी, रमेश पोखरेल, बुद्धिमान भुजेलले अभिनय गरेका छन् । गीतको सफलताको धेरै धेरै शुभकामना ।

About Diamond Joshi

डायमण्ड जोशी सर्वाधिक लोकप्रिय लेखक तथा सञ्चारकर्मी हुन् । १४ वर्षको उमेर देखि पत्रकारीता सुरुवात गरेका उनको बौद्धिकता हिन्दु धर्मका सर्वोच्च धर्मगुरु चारमठ मध्ये ज्योतिर्मठका शङ्कराचार्यबाट प्रशंसित छ । जोशीको 'पौरस्त्य वाङ्मयको कठोर यात्रा' भन्ने एउटा पुस्तक पनि प्रकाशित छ ।

Check Also

बर्दिवासको बारेमा बन्यो म्युजिक भिडियो

बर्दिवासको समग्र क्षेत्रलाई समेटेर स्थानिय गायक तथा सङ्गीतकार जिवनाथ पोखरेलले केही समय अघि मात्र रेकर्ड …