बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ५५ औँ साहित्य शृङ्खला सम्पन्न

यहि मिति २०८० साल फागुन ५ गते शनिबारका दिन बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको पचपन्नौँ शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भयो।

यस प्रतिष्ठानका कोषाध्यक्ष पवन वाग्लेले सञ्चालन गरेको सो कार्यक्रम सफलताको शुभकामना दिने साहित्य स्रष्टाहरू प्रगतिशील लेखक सङ्घ मधेश प्रदेश समिति सचिव तथा साहित्य संवर्दन केन्द्र महोतरी संयोजक भिम कुमार राउत, बुढ्यौली साहित्य समाज महोत्तरी सचिव नारद प्रसाद काफ्ले, विश्व नेपाली साहित्य समाज महोत्तरी उपाध्यक्ष शान्ता काफ्ले, प्रलेस केन्द्रीय सदस्य तथा यस प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी थिए । सो कार्यक्रममा श्री देउराली मा वि बर्दिवास एकका प्र अ कुमार घिमिरे, जनसास्कृतिक महासंघ मधेश प्रदेश समिति सह सचिव सम्झना राई अतिथिको रूपमा उपस्थिति थिए ।

सो कार्यक्रममा विभिन्न लयका कविता , गीत, मुक्तक वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टाहरूमा विपिन वि क, रसिक पौडेल, क्रिन्स चौधरी, शान्ता काफ्ले ,विश्वास अभियान (नारद), विमला विक, विवेक यादव, श्रीतेस साह, जीवनस्पर्शी, विपुल विद्रोही, पवन वाग्ले आदि थिए ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले शृङ्खलामा उपस्थिति अतिथि स्रष्टा, रचना प्रस्तुत गरी कार्यक्रमको शोभा बढाउने प्रतिष्ठानमा नव प्रतिभा तथा प्रतिष्ठानलाई सुझाव, सल्लाह दिई अगाडि बढ्न हौसला प्रदान गर्दै (५५) पचपन्नौँ पाइलासम्म आउन दृश्य अदृय रूपमा माया र सद्भाव राख्ने सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समापना गरेका थिए ।

प्रतिष्ठानको पचपन्नौँ साहित्य शृङ्खला श्री देउराली मा वि बर्दिवासको प्राङ्गणमा सम्पन्न भएको हो ।

About Diamond Joshi

डायमण्ड जोशी सर्वाधिक लोकप्रिय लेखक तथा सञ्चारकर्मी हुन् । १४ वर्षको उमेर देखि पत्रकारीता सुरुवात गरेका उनको बौद्धिकता हिन्दु धर्मका सर्वोच्च धर्मगुरु चारमठ मध्ये ज्योतिर्मठका शङ्कराचार्यबाट प्रशंसित छ । जोशीको 'पौरस्त्य वाङ्मयको कठोर यात्रा' भन्ने एउटा पुस्तक पनि प्रकाशित छ ।

Check Also

बर्दिवासको बारेमा बन्यो म्युजिक भिडियो

बर्दिवासको समग्र क्षेत्रलाई समेटेर स्थानिय गायक तथा सङ्गीतकार जिवनाथ पोखरेलले केही समय अघि मात्र रेकर्ड …